काठमाण्डाै महानगरपालिकाभित्र रहेका विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।
महानगरपालिकाको शिक्षा विभागले निकालेको विज्ञप्तिका अनुसार अबदेखि विद्यालयले डीआई राख्न नपाउने भएका हुन् ।
विद्यालयमा राखिएका डीआईले भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो आएसँगै यस्तो निर्णय गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताउनुभयो ।
महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न र नगराउन सूचित गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ