हिमालयन रि इन्स्योरेन्सको अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अर्को साता आईपीओ बाँडफाँड गरिने जानकारी दिएको हो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । यसमा दिने सवैआवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ