सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो ।

सबस्टेशनको उद्घाटन गर्दै उहाँले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताउनुभएको छ । अहिले ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको र अबको एकदेखि डेढ वर्षमा शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभइ उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि सिर्जना भइसकेको बताउनुभयो ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १३:४२

लोकप्रिय