धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए । त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् ।
उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । धनुषा