प्राय हामी सुन्तलाको बोक्रालाई त्यतिक्कै फालिदिन्छौ वा ‘भिटामिन सी’ले भरिपूर्ण भएकाले यसलाई छालामा प्रयोग गर्छौ । तर अब सुन्तलाको बोक्राबाट पेट्रोल बन्नेछ र गाडी कुद्नेछ भन्दा तपाई पत्याउनुहुन्छ ?
बेलायतका वैज्ञानिक जेम्स क्लार्कले एउटा यस्तो माइक्रोवेब बनाउने दाबी गरेका छन् की सुन्तलाको बोक्रा अब गाडीको इन्धनमा परिणत हुनेछ । उनका अनुसार यो ओभन बनाउन करीब दुई लाख पाउण्ड लाग्नेछ ।
उनले यो ओभनमा ओखर तथा स्याउको बोक्राबाट पनि इन्धन बनाउन सकिने दाबी गरेका छन् । यो माइक्रो ओभनमा सुन्तलाको छालामा रहेको अणुलाई टुक्र्याएर इन्धनमा परिणत गरिनेछ । सो ओभनमा अणुबाट निक्लिने ग्यास इन्धन मात्र नभएर प्लास्टिक समेत उत्पादन गर्न सकिनेछ ।
जेम्स अहिले करीब ३० टनको इन्धन अटाउन सक्ने भाडो बनाउन जुटिरहेका छन् । उनले सुन्तलाको बोक्रालाई इन्धनको सबैभन्दा बलियो स्रोत मानेका छन् । उनका अनुसार विश्वमा प्रत्येक वर्ष लाखौ टन सुन्तलाको बोक्रा त्यतिक्कै खेर गइरहेको हुन्छ ।
सुन्तलाको सबैभन्दा बढी उत्पादन हुने देश ब्राजिलमा सालाना जुस निकाल्ने बेलामा करीब ८० हजार टन सुन्तलाको बोक्रा छोडाएर फ्याकिने गरिएको छ । यही कुरालाई मध्यनजर गर्दै जेम्सले यसलाई सदुपयोग गरेर इन्धन बनाउने अभियानमा जुटेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं