चेक गणतन्त्रको राजधानी प्रागस्थित एउटा विश्वविद्यालयमा एक व्यक्तीले अन्धाधुन्ध गोली हानी कम्तिमा १४ जनाको हत्या गरेका छन् ।
घटनामा अन्य २५ जना घाइते भएका छन् । यो घटनालाई आधुनिक चेक इतिहासको सबैभन्दा घातक आक्रमण मानिएको छ ।
राजधानीको ऐतिहासिक चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डपछि २४ वर्षीय बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री पेत्रा फियालाले यो दुःखद घटनापछि आफ्ना आगामी भेटघाट र कार्यक्रम रद्द गर्नुभएको छ ।
प्रहरी प्रमुख र आन्तरिक मन्त्रीले बन्दुकधारी सोही विश्वविद्यालयका विद्यार्थी भएको बताएका छन् । आक्रमणकारी प्राग शहरभन्दा २१ किलोमिटर टाढाको गाउँका स्थानीय वासिन्दा भएको जनाइएको छ ।
उनको बाबु पनि बिहीबार मृत फेला परेका थिए । आक्रमणको उद्देश्य तत्काल बुझिएको छैन । प्रहरीले प्राग नजिकैको जंगलमा गत हप्ता दुई जनाको मृत्यु पनि उनलेनै गरेको हुनसक्ने जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ