सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा गाउँपालिका मातहतका कार्यालय ‘सिसिटिभी’ निगरानीमा

बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार पालिकाले ‘सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम’मार्फत ती कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरियता, गतिविधीको अवस्थाबारे जानकारी र सुरक्षाको अवस्थाको निगरानी गर्नेछ ।

डुडुवा–३ बनकट्टीस्थित पालिकाको प्रशासनीक कार्यालय भवनमा इन्टरनेटसहितको प्रविधि जडान गरी मातहतका सबै कार्यालयमा सिसिटिभी क्यामरा जडान गरेर अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानी गर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरेश बर्माले बताए ।

उनका अनुसार यो प्रर्णालीले सबै कार्यालयमा इन्टरकम फोन, इन्टरनेट र सिसि क्यामरामार्फत फुटेजसमेत हेर्न सकिन्छ । सूचना प्रविधि अधिकृत बर्माका अनुसार पालिकामा आइटीको सर्भरसहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ ।

यो प्रर्णालीले वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ । यो प्रणाली जडान भइसकेपछि समयमा कार्यालय खुल्ने र बन्द हुने, सबै कर्मचारीहरु समयमा आउने, सेवग्राहीलाई समयमा सेवा दिने लगायतको सेवाको प्रभावकारिता बढ्ने पालिका अध्यक्ष चौधरीको भनाई छ ।

उनका अनुसार पालिकाको सबै कार्यालय तथा इकाईमा विस्तारै यो प्रर्णाली थप विस्तार गर्ने योजना रहेको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रर्णाली लागु गरिएको छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १३:४७

लोकप्रिय