दाङमा एक पुरुषलाई हनी ट्रयाप अर्थात् मायाजालमा पारी रकम असुल्न खोज्ने तीन महिलालाई अदालतले डेढ वर्ष कैद, नगद जरिवाना र क्षतिपूर्तिसहितको फैसला गरेको छ ।
एक जना पुरुषलाई मायाजालमा पारेर ५० लाख रुपैयाँ मागेर नदिएमा बलत्कार गरेको मुद्दा हाल्ने भनि धम्की दिने घोराही उपमहानगरपालिका–१५ की ३५ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ४६ वर्षीया खुमा वली र ३४ वर्षीया सुष्मा परियारलाई अदालतले दोषी ठहर गरेको हो ।
उनीहरु तीनै जनालाई जनही एक वर्ष ६ महिना कैद, १५ हजार जरिवाना र १० हजार क्षतिपूर्ति दिने फैसला गरेको छ । पुरुषले अदालतमा २०७८ असोज १९ गते तीन जना महिलाविरुद्ध उजुरी दिएका थिए ।
उनीहरुलाई अपराधिक लाभ शिर्षकमा मुद्दा चलाइएको थियो । दाङ देउखुरी जिल्ला अदालतका न्यायधिस जगतबहादुर पौडेलको इजलासले सोमबार तीन जना महिलालाई दोषी ठहर गरी कैद सजाय तोकेको अदालतका सूचना अधिकारी दामोदर घिमिरेले जानकारी दिए ।
सीतादेवी थापाले लगेको एक लाख समेत फिर्ता गर्नुपर्ने अदालतले फैसला गरेको सूचना घिमिरेले घिमिरेले बताए । फौजदारी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १ को खण्ड ख अनुसार यस्तो कसुर गर्नेलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं