रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नौ जना घाइते भएका छन् ।
दुर्घटनामा आठबीसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेका र सबैको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नम्बर– ८ घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्र्याक्टर घुम्ती मोड्न खोज्दा गएराराति दुर्घटना भएको हो । ट्र्याक्टरमा जस्तापाता थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत