काठमाण्डौमा आजको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ ।
यो तापक्रम यस सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन भएको हो ।
हिजो दिउँसो काठमाण्डौमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । हिजो बिहान भने ५ दशमलव ५ डिग्री सेल्सियस थियो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तापक्रम घट्दो क्रममा छ ।
चिसो बढ्दै गएको छ । काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढिरहेको छ । देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मध्य र पश्चिम तराईका एक/दुई ठाउँमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । तर दिउँसोपख घाम लागेसँगै हट्दै जानेछ । काठमाण्डौमा पनि अहिले हल्का हुस्सु छ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी चार किलोमिटरसम्म छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ ।
बाँकी ठाउँमा पनि मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ । मौसम दुई/तीन दिन यस्तै रहने अनुमान छ । हिमपात र वर्षाको सम्भावना भने नरहेको मौसमविद् अधिकारीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ