सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आगामी तीन दिनसम्म हिमपात नहुने, तराईका थोरै स्थानमा हुस्सु

आज दिनभर मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको भन्दै आज बिहानैदेखि देशभरको अधिकांश मौसम सामान्यतया सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार बिहानैदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने तथा राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि पनि मौसम सामान्यतया सफा रहने छ ।

आगामी दुयृ दिनसम्म हिमपात र वर्षाको सम्भावना नरहेपनि देशभरको तापक्रम निरन्तर घटिरहेको महाशाखाले जनाएको छ । महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार ०७:५८

लोकप्रिय