नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमध्ये अधिकांशमा अवैध गतिविधि हुने गरेको जनगुनासो पटक पटक आएपछि प्रहरीले ती स्पा सेन्टरमा छड्के गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्जमा रहेका ११ वटा स्पा सेन्टरमा छड्के जाँच गरेको हो।
क्यासिनो रहेका स्थान नजिक सञ्चालनमा रहेका ती अधिकांश स्पा सेन्टरमा निगरानी बढाउँदै वडा प्रहरी कार्यालयले छड्के निरीक्षण गर्दा त्यहाँ अवैध धन्दा गर्ने सात जनालाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिनुभयो।
सात जनालाई नियन्त्रणमा लिइएपछि नेपालगन्जका स्पा सेन्टरमा अवैध क्रियाकलाप हुने गरेको जनगुनासो सही साबित भएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख बिसीले भन्नुभयो, ‘‘स्पा सेन्टरमा अवैध धन्दा भइरहेको फेला परेपछि सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका छौँ। प्रहरीको निगरानी निरन्तर जारी रहनेछ। ’’
नेपालगन्जमा सञ्चालनमा रहेका एक दर्जन बढी क्यासिनोका भारतीय आउने गरेका छन्। उनीहरूलाई नै लक्षित गरेर ती क्यासिनो रहेकै वरिपरिका क्षेत्रमा स्पा सेन्टर पनि सञ्चालनमा रहेका छन्।
अधिकांश स्पा सेन्टरमा गलत क्रियाकलाप हुने गरेको स्थानीयले पटक-पटक गुनासो गर्दै आएका छन्। उता, बाँके जिल्लाका प्रहरी प्रमुख एसपी बोहोराले प्रहरीले भारतबाट हुने अवैध चोरी निकासी नियन्त्रण, चोरी, लुटपाट, फरार अभियुक्त तथा अपराधी पक्राउ लगायतमा सक्रियता देखाएकोले सफलता पनि प्राप्त हुँदै गरेको जनाउँदै स्पा लगायतका ठाउँमा हुने अवैध क्रियाकलाप नियन्त्रण गरिने बताउनुभएको छ।
उहाँले प्रहरीले पछिल्लो समय नेपालगन्जमा सञ्चालित स्पा सेन्टर लगायत क्यासिनो वा अन्य स्थानमा निगरानी बढाएको जनाउँदै कुनै पनि ठाउँमा अवैध क्रियाकलाप हुन नदिने बताउनुभयो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके