लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार उच्च अङ्कले बढेको दिन आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।
कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुगेका थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ