२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ४ गते बुधबार

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘सरकार गठनको करिव एक वर्ष सामान्य समीक्षा, कामलाई गति दिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवको प्रस्तुती थियो’ उनले भनिन् ।

उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

प्रकाशित मिति : २०८० पुस ४ गते बुधबार