सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।
यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।
नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘सरकार गठनको करिव एक वर्ष सामान्य समीक्षा, कामलाई गति दिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवको प्रस्तुती थियो’ उनले भनिन् ।
उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ