२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

एनआईसी एशिया लघुवित्तमा रोजगारको अवसर

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ४ गते बुधबार

 एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग सहित सूचना प्रकाशन गरेको छ ।

कम्पनीले डीसीईओ र एसीईओ पदमा एक–एक जना कर्मचारी मागेको हो ।

त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का लागि व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्ष वा स्नातक तह उत्तीर्ण गरी ७ वर्ष लघुवित्तको व्यवस्थापकीय तहमा कार्य गरेको हुनुपर्ने छ ।

त्यसको साथै सहायक प्रमुख अधिकृत (एसीईओ) का लागि सोही शैक्षिक योग्यतामा ३ वर्ष वा ५ वर्ष कार्य गरेको हुनुपर्ने उल्लेख गरेको छ । उमेरको हदमा भने ३५ वर्ष पुरा भई ४५ ननाघेको हुनुपर्नेछ ।

आवेदन दिन योग्य र इच्छुकले आवश्यक कागजातसहित पुस १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

nic-asai job

प्रकाशित मिति : २०८० पुस ४ गते बुधबार