सूचनाको शक्ति - The Power Of Information

        

हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ।

मंगलबार बिहानैबाट चलेको हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएकोछ।

पहिलो उडान नेपालगंजबाट समिट, सीता र तारा एयरले सिमकोटका लागि गर्ने तालिका रहेको थियो। त्यसपछि सुर्खेतबाट पनि सिमकोटका लागि उडान भर्ने तालिका रहेकोमा त्यो पनि हुन सकेन।

दिउँसो १२ बजेपछि भने सिमकोट विमानस्थलमा विरलै उडान हुने गर्छ। यसबाट नेपालगंज र सुर्खेतबाट सिमकोट आउने यात्रु उतै रोकिएका छन् भने सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरुसमेत सिमकोटमै रोकिनु परेको छ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १६:२३

लोकप्रिय