२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कलाकार प्रकाश पाठकको निधन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस ३ गते मंगलबार

कलाकार प्रकाश पाठकको निधन भएको छ ।

७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो ।

मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

अन्तिम संस्कार अगाडि शवलाई चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले शवलाई सङ्घको झन्डा ओढाएका थिए ।

उनको शवमा छोराले दागबत्ती दिए ।

प्रकाशित मिति : २०८० पुस ३ गते मंगलबार