सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलको अक्सन आज दुबईमा

इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ ।

अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ । अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन् ।

त्यसमा दुई सय १४ जना भारतीय, एक सय १९ विदेशी र दुई एसोसिएट देशका खेलाडी छन् । एसोसिएट देशबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा रहेका छन् ।

३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्नेछन् । नेपालबाट भने अक्सन लिष्टमा कुनै पनि खेलाडी परेका छैनन् । आउँदो वर्ष हुने आईपीएलको १६ औँ संस्करणको आधिकारिक मिति तय भइसकेको छैन।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १२:०८

लोकप्रिय