भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।
भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताए ।
यता तातोपानी भन्सार कार्यालयले पनि चीनबाट नेपाललले प्याज आयात थालेको पुष्टि गरेको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयानन्द केसीले आजै मात्रै प्याज बोकेको दुई वटा कन्टेनर नेपालतर्फ प्रवेश गरेको बताए । ‘भन्सार जाँच पास हुन बाँकी छ, तर प्याज बोकेका कन्टेनर नेपाल आउँदैछन्,’ केसीले भने, ‘परिमाण यकिन भइसकेको छैन ।’
आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले प्याज आयातकर्ताबारे भने थप खुलाउन चाहेन । संघका महासचिव गजुरेलका अनुसार भारतको प्रतिबन्धपछि चिनियाँ बजारको प्याज नेपाल ल्याउन सक्ने या नसक्नेबारे छलफल भएको थियो । तर, चीनतर्फबाट लसुन आयात गर्ने व्यवसायीहरुले प्याज पनि ल्याउन सम्भव भएपछि आयात प्रक्रिया सुरु गरिएको बताए ।
‘चीनबाट १०० टन प्याज आयात सुरु भएको छ,’ गजुरेलले भने, ‘केरुङबाट काठमाडौंका लागि आयात गरिएका प्याज बोकेका गाडी नेपालतर्फ हिंडिसकेका छन् ।’ उनका अनुसार भारतको बजारमा भन्द चिनियाँ प्याज ठूला आकारमा छन् । चीनबाट प्याजको आयात सुरु हुने बित्तिक्कै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको दाबी छ ।
भारतको प्रतिबन्धपछि बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो । यसअघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २०० रुपैयाँ पुगेको थियो । तर, भन्सार जाँचपास प्रक्रिायामा रहेको केही प्याज आयात भएका कारण अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ । उक्त प्याजको खुद्रा बजार मूल्य १७० रुपैयाँ हाराहारी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं