भारतमा एकै दिन ७८ जना विपक्षी सांसदको पद निलम्बन भएको छ । संसद्को तल्लो सदन लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्याएको भन्दै सोमबार निलम्बित गरिएको हो ।
यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत साता लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए । सोहि विषयलाई लिएर उनीहरुलाई निलम्बित गरिएको हो । यही विषयलाई लिएर गतसाता पनि १४ सांसद निलम्बित भएका थिए ।
सोमबारसहित कुल ९२ सांसद निलम्बनमा परेका छन् । यती ठूलो सङ्ख्यामा सांसद निलम्बन परेको इतिहासकै पहिलो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसरी निलम्बनमा पर्ने सांसदहरूमा लोकसभामा कंग्रेसका नेता अधिर रञ्जन चौधरी र उपनेता गौरभ गोगोइ, त्रिणमुल कंग्रेसका सांसद कल्याण बेनर्जी, डीएमके पाटीका सांसद ए राजा लगायत छन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं