सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

कोहलपुरमा टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते

बाँकेको कोहलपुर नगरपालिका –३ मैटहवानजिक टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो ।

ठक्करबाट म्याजिक भ्यानका चालकसहित सवार रहेका १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारीअनुसार बाँसगढी –४ का रमेश थारु, बारवर्दिया ९ का अन्जु चौधरी, कोहलपुरका –१ का कमलाकुमारी देवकोटा, बाँसगढीकी विष्णुकला खत्री, बारबर्दिया –७ का सुनिता नेपाली, सुर्खेत लेकबेशी –४ का प्रेम चदारा, बैजनाथ –६ का अप्सरा बुढाथोकी घाइते भएका छन् ।

त्यसैगरी बैजनाथ –६ का करणबहादुर ददेल, बैजनाथ –३ का पठे एरी, बैजनाथ –३ का सपना परियार, बाँसगढी –२ का प्रशान्त विष्ट, कोहलपुर –५ का टीकाकुमारी जिसी र म्याजिक भ्यानका चालक कोहलपुर –२ का प्रविन विक घाइते भएका हुन् ।

घाइते सबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा लगिएकोमा उहाँहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १३:२६

लोकप्रिय