सूचनाको शक्ति - The Power Of Information

        

हिमालयन रिको आईपीओमा आवेदन दिनु भयो ?

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा सोमबारसम्म आवेदन दिन पाइने भएको छ।

शनिबार बिहानसम्म पर्याप्त आवेदन नपरेको स्थितिमा कम्पनीको आईपीओमा आवेदन दिने अवधि ११ गतेसम्म बढाइएको थियो। तर, आइतबार अपराह्नसम्म सबै आईपीओका लागि आवेदन परेकाले एक दिनका लागि थप गरिएको हो।

जसअनुसार एक दिन बाँकी छँदासम्म १४ लाख ६० हजार १ सय १७ आवेदकले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १ सय ६० रुपैयाँबराबरको आवेदन दिएका छन्। आइतबार साँझसम्ममा २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताका लागि आवेदन परेको सीडीएसले जनाएको छ।

हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दैछ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि बिक्री भइसकेको छ भने २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ। बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो।

आईपीओमा हालसम्म मागभन्दा १३ प्रतिशत बढी आवेदन परेको छ। हिमालयन रिले प्रतिकित्ता एक सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो। आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ। आईपीओ भर्न न्यूनतम २ हजार ६ रुपैयाँ लाग्छ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो।

रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १३:११

लोकप्रिय