नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ ।
काउन्सिलले चिकित्सकको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत आगामी माघमा हुने परीक्षाका लागि आजदेखि आवेदन खुला गरेको हो ।
उक्त परीक्षामा सहभागी हुन exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम अनलाइन आवेदन फारम भरी बुझाउन काउन्सिलले अनुरोध गरेको छ ।
आवेदन आज देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्कसहित बुझाउन सकिने व्यवस्था रहेको छ ।
अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने काउन्सिलले जनाएको छ ।
परीक्षा माघ १७ देखि १९ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ