सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्। गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ।
जाजरकोट अगाडि बजाङ केन्द्र भएर गएको भूकम्पबाट सुदूरपश्चिमका पहाडी जिल्लामा जनधनको क्षति भएको थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाजुरा