वीरेन्द्रनगरमा बसले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । भे १ क ११२२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको भे ३प ९७४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
घटना शनिवार रातिको हो। नेपालगन्ज १२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त बसले सुर्खेतबाट शैक्षिक अवलोकन गरी फर्किँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–११, सुब्बा कुनामा मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट धुलायाबिट बस्ने २६ वर्षीय मनोज सुनार गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा सुर्खेत प्रदेश अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनालाई लिएर अहिले वीरेन्द्रनगर तनावग्रस्त बनेको छ।
मृतकका आफन्तले सुब्बा कुना क्षेत्रमा नाराबाजी सहित आन्दोलन चर्काइरहेका छन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत