हप्ताको पहिलो दिन शेयर बजार आज झण्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ ।
आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।
आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ । आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ ।
गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो । आज एक करोड ७१ हजार कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ