गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरूले गाएको एक एक गीत सार्वजनिक गरेका छन् ।
गायक सत्यराज आचार्यले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् भने अर्को गीत मायामा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् ।
सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचनाका अलवा अभिनय पनि गरेका छन् । सार्वजनिक दुई मध्ये ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अर्को गीत ‘पागलपन’मा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् । चलचित्रको गीत झैँ निर्माण गरिएको भिडियोले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।
गीत रिलिज कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, माननीय सांसद असिम शाह, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ