चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समिति र गेटा मेडिकल विश्व विद्यालय संर्घष समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रर्दशन गरेको हो ।
डा. केसी अनशन बस्न शुक्रबार गेटा मेडिकल विश्वविद्यालय पुगेपछि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले अवरोध गरेपछि उहाँ धनगढीमा अनसन बस्नु भएको छ ।
धनगढीमा डा. गोविन्द केसीको अनशनको विरोध गदै संघर्ष समितिले डा.केसीविरुद्ध नाराबाजी समेत गरेका छन् । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएको छ । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डा.केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुग्नु भएको थियो । असनस्थलमै संघर्ष समितिले विरोध नारावाजी गरेका छन् ।
डाक्टर केसीलाई गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह बस्न शनिबार गेटा मेडिकल विश्व विद्यालय संर्घष समितिले दिएन । समितिले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला डा.केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखेकाले संघर्ष समितिले गेटामा अनसन बस्न नदिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले जानकारी दिनुभयो ।
डा.केसीले उठाएका सबै मागमा आफ्नो पुर्ण समर्थन भएपनि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनसन बस्नु उचित नभएको उहाँले बताउनुभयो ।
डा.केसीले धनगढीको एलएनचौकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर तीन दिने सत्याग्रह सुरु गर्नुभएको हो । गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले प्रतिष्ठानको विषय मागमा नराख्न आग्रह गरेपछि उहाँ धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनसन बस्नु भएको हो ।
केसीले आफुलाई दलका माफियाहरुले बस्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ । उहाँले सरकारले विगतमा पटक पटक आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको बताउनुभयो ।
धनगढीमा तीन दिने सत्याग्रह सुरु गरेका केसीको सशस्त्र द्वन्द्व कालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पु¥याउनु पर्ने, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि भएका सम्झौता बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने लगायतका माग छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ