प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।
गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औँ मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए ।
उनलाई मैदानमै प्राथमिक उपचार गराएपछि अस्पताल लागिएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताइएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।
क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो ।
गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसन पछि फेरी खेल्न अनुमति दिएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ