२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १ गते आइतबार

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस १ गते आइतबार