वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने भएका छन् ।
लगानीयोग्य पुँजी थुप्रिन थालेपछि बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेका हुन् ।
प्राइम कमर्सियल बैंकबाहेक सबैले एक अंकको ब्याजदर कायम गरेका छन् । अब औसत ब्याजदर ८.९९ प्रतिशत हुनेछ । यसअघि औसत ब्याजदर १०.३३ प्रतिशत थियो ।
एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ८.६७ प्रतिशतमा झारेको छ । एनएमबिले ब्याजदर ९ प्रतिशत कायम गर्दा नबिल बैंकको ब्याजदर ८.६ प्रतिशत छ ।
राष्ट्रिय वाणिज्य बैंकको ८.६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ८.६ प्रतिशत र हिमालयन बैंकले ८.६० प्रतिशत ब्याजदर कायम गरेको छ ।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८.५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९.०१२ प्रतिशत, एभरेस्ट बैंकको ८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.६ प्रतिशत, सिटिजन्सको ९.३५ प्रतिशत, कुमारीको ९.३१ प्रतिशत र लक्ष्मी सन्राइजको ९ प्रतिशत तोकिएको छ ।
सिद्धार्थ बैंकले ९.२५ प्रतिशत ब्याजदर कायम गर्दा प्राइमले भने १० प्रतिशत तोकेको छ । अर्को बैंक माछापुच्छ्रेको ब्याजदर ९.६ प्रतिशत कायम गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ