जुम्लाको तिला गाउँपालिकाले घर नक्सा तथा भवन निर्माण कार्यविधि, २०८० कार्यान्वयनमा ल्याएको छ । पालिकाभित्र घर बनाउँदा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ ।
पालिकाले बनाएको कार्यविधि बनाई पूर्ण कार्यान्वयनमा शुक्रबारदेखि आएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार पहिलो सेवाग्राही तिला गाउँपालिका–१ राराका स्थानीयवासि कलबहादुर शाहीले नक्सा पास गरि पालिकाबाट घर निर्माण आंशिक इजाजतपत्र प्रदान गरिएको छ । अब यहाँका नौवटै वडामा नक्साको काम अगाडि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ ।
नक्सा पास गरी घर तथा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक, विभिन्न बैंक तथा बित्तीय सस्थाहरुबाट ऋण लिन र घरको वैधानिकता कायम गर्न मद्दत पुग्ने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएरमात्र निर्माण गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाले जनाएको छ । नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरु लागू गरिएको छ । नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिकाको नक्सा शाखाले जनाएको छ ।
नक्सा पास गर्दा आवश्यक पर्ने कागजात रहेका छन् । जसमा नागरिकताको प्रतिलिपि एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
विजय रावत । जुम्ला