अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण मुलुकभरको मौसम पछिल्लो समय चिसो हुदै गएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
तराईका केहि स्थानमा विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । जसको प्रभावले तराईको जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
तराईमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि भने क्रमिक रूपमा खुल्दै जानेछ । पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको विहान ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकाको अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं