सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० पुस १ गते आइतवारको राशिफल

२०८० पुस १ गते आइतवार, १७ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष पञ्चमी तिथि । श्रवण नक्षत्र, ८ः०७ बजेपछि धनिष्ठा । चन्द्रराशि मकर, १९ः२० बजेपछि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आस मारेको कामले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ । भौतिक साधन जुट्नाले काम सजिलै सम्पादन हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र काममा फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेतले नयाँ अवसर दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । योजना तत्काल सार्वजनिक नगर्नुहोला । कृषिबाट सामान्य लाभ हुनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । आमाको माध्यमबाट केही काम बनाउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार समेत हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आँटेको काम तत्काल बन्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । रोकिएको काम बन्न थाल्नेछ । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

प्रकाशित मिति : १ पुष २०८०, आइतवार ०७:२५

लोकप्रिय