ठगी मुद्दामा ‘रेड नोटिस’ जारी भएका सर्लाहीका कोमलराज उपाध्याय पक्राउ परेका छन् । एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
उपाध्याय समेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।
आकर्षक तलब र सुविधा हुने भनी सो कन्सल्टेन्सिजबाट प्रलोभन देखाउने गरिन्थ्यो । भिजिट भिसामार्फत नेपालबाट दुबई बोलाएर रोजगारीका निम्ति भन्दै ‘पीडित’बाट रकम लिइन्थ्यो । त्यसपछि भनेबमोजिम कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसरी ठगी गरेको भन्दै ५१ जनाले उपाध्यायविरुद्ध जाहेरी दरखास्त दिएका थिए । अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट ०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ