इजरायली सेनाले गाजामा आफ्नो अभियानको क्रममा तीन जना बन्धकको गल्तीबस ज्यान गएको बताएको छ ।
गलत बुझाइबाट बन्धकहरु २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन शमरिज मारिएका इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ ।
आईडीएफले यस घटनामा पश्चाताप व्यक्त गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरमा रहेको शेजैयामा कार्यरत सेनाले तीन जनालाई गोली हानेको थियो । गएको अक्टोबर ७ तारिखमा हमासबाट भएको आक्रमणपछि गाजामा एक सयभन्दा धेरै बन्दी भएका थिए ।
सेनाको यो घोषणापछि मध्य तेल अभीभमा सयौँ मानिसहरू भेला भएर आईडीएमको सैन्य आधारमा जुलुस निकालेका छन् । उनीहरुले बाँकी बन्धकको रिहाइका लागि सम्झौता गर्न आग्रह समेत गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ