सूचनाको शक्ति - The Power Of Information

        

थुलथुले पेटबाट ३० दिनमै छुटकारा पाउन के गर्ने ?

दाल–चिनीको प्रयोग खानामा स्वाद बढाउनका लागि गर्ने गरिन्छ । यो एउटा त्यस्तो मसला हो, जो लगभग हरेक घरमा हुने गर्छ । यसको स्वास्थ्य लाभहरू पनि एकदमै राम्रा छन् । तर, के तपाईंलाई थाहा छ यसले खानाको स्वाद मात्र बढाउँदैन ।

स्वास्थ्यमा पनि धेरै नै फाइदाहरू दिन्छ । यो मसलालाई आफ्नो आहारमा सामेल गर्ने सबैभन्दा सजिलो तरिका हो बिहान खाली पेट मनतातो पानीसँग यसको सेवन गर्नुपर्छ । यहाँ हामीले बताउनेछौँ बिहान खाली पेट दाल–चिनीको पानी पिउँदा तपाईंलाई के के फाइदा हुन सक्छन् ।

– दाल–चिनीमा फाइबरको मात्रा धेरै हुन्छ, जसले गर्दा यसले मेटाबोलिज्म बढाउँछ । यसले तपाईंको शरीरको बोसो तीव्र गतिमा कम हुन थाल्छ ।

– अध्ययनहरू पनि यो पाइएको छ कि, दाल–चिनीले बोसोदार खानाहरूको प्रभावलाई पनि कम गर्छ । यसले सम्पूर्ण स्वास्थ्यको फाइदा हुन्छ र तौल पनि नियन्त्रित रहन्छ ।

– दाल–चिनीमा कैयौं एन्टीअक्सीडेन्ट्स र सिनामाल्डिहाइड नामक एक प्राकृतिक रसायन हुन्छ जसले प्रोजेस्टेरोन हर्मोनलाई बढाउँछ । यो हर्मोन महिलाहरूमा गर्भावस्थाका लागि एकदमै जरुरी हुन्छ ।

– दाल–चिनीमा एन्टीअक्सीडेन्ट्स, एन्टीइन्फ्लामेशन र एन्टीबायोटिक गुण पाइन्छ । दैनिक खाली पेट दालचिनीको पानी पिउँदा रगतमा सुगरको मात्रा पनि नियन्त्रित रहन्छ । त्यस्तै यसले पेटसम्बन्धी विमारीहरू पनि टाढा राख्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ०८:५५

लोकप्रिय