सूचनाको शक्ति - The Power Of Information

        

नेपालबाटै हेर्न पाइनेछ यो वर्षको ‘उल्का वर्षा’

यो वर्षको उल्का वर्षा नेपालबाट पनि हेर्न पाइने भएको छ । नेपालमा मौसमले साथ दिएको अवस्थामा देशभरबाट उल्का वर्षा खाली आखाँले नै देख्न सकिने छ । नासाले यस वर्षकै उत्कृष्ट उल्का वर्षा नाम दिएको छ । आज देखिने उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ ।

आकासमा आगोको गोला जस्तो रंगीचंगी वस्तु तलतिर खसिरहेको देखिनेछ । यो रोचक खगोलीय घटना हो । मिथुन राशि तिरबाट आएको देखिने भएकाले यो वर्षालाई वैज्ञानिकहरूले ‘जेमिनिड्स’ नाम दिएका छन् ।

नेपालमा मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिनेछ । बिहान ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न पाइनेछ । नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ०८:४७