बाँके ट्राफिकले सावारीसाधानको गति मापनगर्ने यन्त्र (राडार गन) सहित सडकमा उत्रिएको छ।
तिब्र गतिका कारण हुने सक्ने दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज-कोहलपुर सडक खण्डमा ६० किलोमिटर गति निर्धारण गर्दै राडार गन मार्फत सवारीको जाँच सुरु गरेको छ।
बाँके ट्राफिकले नेपालगन्ज- कोहलपुर सडक खण्डमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको ट्राफिक प्रहरी सहायक निरीक्षक दमन सेनले बताए ।
नेपालगन्ज-कोहलपुर सडक खण्डमा तिब्र गतिका कारण गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले रडार गन प्रयोगमा ल्याएको हो । सहायक निरीक्षक सेनका अनुसार नेपालगन्ज बजार र स्कुल एरियामा ४० किलोमिटर प्रति घण्टाको स्पीड लागू गर्न लागिएको छ।
अब नेपालगन्ज-कोहलपुर सडक खण्डमा ६० किलोमिटर भन्दा बढी स्पीड गरे १ हजार रुपैयाँ जरिवाना गरिने सेनले बताए। उक्त सडक खण्डको जुनसुकै स्थानमा ट्राफिक प्रहरी राडार गनसहित तैनाथ हुने भएकाले सवारी चालकहरुलाई तोकिएको गतिमा सवारीसाधनलाई गुडाउन बाँके ट्राफिकले अनुरोध समेत गरेको छ।
ट्राफिक छैन् , स्पीड बढी बनाउदा केही फरक पर्दैन भने पनी ट्राफिक प्रहरीले लामो दुरीबाट राडार गनले स्पीडसहित फोटो खिच्ने हुँदा सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको सहायक निरीक्षक सेनले भने।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके