बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको ज्यान गएकाे छ । भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा रहेका प्रहरी जवान २९ वर्षीय विशाल ओलीको ज्यान गएको हो ।
जीपको ठक्करबाट प्रहरी सहायक हवलदार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते हुनुभएकाे छ । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डाै लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिनुभयो ।
गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान ओली र प्रहरी सहायक हवलदार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो । घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान ओलीको घटनास्थलमै ज्यान गएकाे हाे ।
ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके