इजरायलले गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्ने जनाएको छ ।
इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले एक अमेरिकी शीर्ष अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएका मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री ग्यालान्टले युद्ध केही समय चल्ने र त्यसमा विजय प्राप्त हुने दाबी गर्नु भएको खबरमा उल्लेख छ ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको थियो । अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने उहाँको भनाइ थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ