सूचनाको शक्ति - The Power Of Information

        

यात्रामा निस्कँदा या मर्निङवाक गर्दा सावधानी अपनाउन सुझाव

बिहान हुस्सु कुहिरो लाग्न थालेकाले यात्रा गर्दा वा मर्निङवाक गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

केही दिनयता काठमाण्डाैसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्न थालेको छ ।

हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी घट्ने र यस्तोबेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद् सञ्जीव अधिकारीको सुझाव छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले हिजोअस्तिको जस्तै हुस्सु कुहिरो लागेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ०८:३४

लोकप्रिय