बिहान हुस्सु कुहिरो लाग्न थालेकाले यात्रा गर्दा वा मर्निङवाक गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
केही दिनयता काठमाण्डाैसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्न थालेको छ ।
हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी घट्ने र यस्तोबेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद् सञ्जीव अधिकारीको सुझाव छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले हिजोअस्तिको जस्तै हुस्सु कुहिरो लागेको छ ।
प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार
