सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले हवाई सेवा लगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ । सेनाले शुक्रवार सूचना प्रकाशित गर्दै ती पदमा कर्मचारी मागेको हो ।

सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, मर्मततर्फ १२ जना, सैनिक ब्यान्डतर्फ १४ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी माग गरेको हो । सेनाले शुक्रवार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै ती कर्मचारी मागेको हो ।

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिन सक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । दरखास्तका लागि पदअनुसार फरक फरक दरखास्त शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ०८:००