बाँकेमा अबैधरुपमा ल्याइएका २ लाख रुपैयाँ बढीको पेट्रोल अटोको पार्टपूर्जा बरामद गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका-१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।
करिब दुई लाख उन्नाइस हजार रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके