सुनसरीको बराहक्षेत्र निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा घुमिफिरी फेरि विराटनगर उच्च अदालतमा आइपुगेको छ ।
सुनसरी जिल्ला अदालतले गत भदौमा गिरीलाई सफाइ दिने निर्णय गरेको थियो । त्यसको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको छ ।
सोलुखुम्बुको जुबु निवासी गिरीले २०७६ कात्तिक ४ गते राति एकजना भक्तमाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास नामले चिनिने सिद्धबाबा उदासी सम्प्रदायका धर्मगुरु भएता पनि अहिले बराहक्षेत्रबाट पलायन भएर काठमाडौँस्थित नानक सम्प्रदायको आश्रममा शरण लिएर बस्दै आएका छन् ।
गिरीलाई सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिएको थियो । जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो ।
हेर्नुहोस जिल्ला अदालतको पछिल्लो फैसला-
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ