आज राति आकाशमा उल्का वर्षा देखिने भएको छ ।
आकाश खुला रहेको अवस्थामा नेपालको जुनसुकै ठाउँबाट मिथुन उल्का वर्षा देख्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले यो जुनसुकै ठाउँबाट पनि खुला आँखाले हेर्न सकिनेछ ।
खगोलविदद्वारा ‘जेमिनिड्स’ नाम दिइएको यस उल्का वर्षालाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।
विभिन्न रङ्गमा देखिने यो उल्का वर्षा राति १२ बजेपछि पूर्वतर्फ फर्किएर हेर्दा देख्न सकिने छ । यो बिहान उज्यालो हुनुभन्दा अघिसम्म देख्न सकिनेछ ।
वैज्ञानिकहरूका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने आज राति र भोलि हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन आजलाई मानिएको छ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्दा ती धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई बोलिचालीको भाषमा ‘तारा खसेको’ भनेर बुझिन्छ ।
यो उल्का वर्षा पृथ्वीसम्म नआइपुग्ने हुनाले कुनै क्षति नहुने डा. शर्माको भनाइ छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ