मौसम पूर्वानुमान महाशाखाले शनिवार यता देशका पहाडी भू–भागमा आंशिक बदली हुने र अन्य भूभागमा मौसम सफा रहने जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तीन दिने बुलेटिनमा जाडो याम सुरु भएयता धेरै पछि आज र भोलि वर्षा र हिमपातको कुनै सम्भावना नरहेको पूर्वानुमान गरेको हो ।
आगामी शनिवार भने उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको पूर्वानुमान मात्र गरेको छ । आज र भोलि दिउँसो, राती दुवै समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
शनिवार भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ भने कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले देशमा अहिले पनि पश्चिमी वायुका सामान्य प्रभाव रहेको जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं