सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० मंसिर २८ गते बिहीवारको राशिफल

२०८० मंसिर २८ गते बिहीवार, १४ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष द्वितीया तिथि । मूल नक्षत्र, ११ः३८ बजेपछि पूर्वाषाढा । चन्द्रराशि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला । परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको करकापमा काम गर्न बाध्य भइनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पछिका लागि अवसर खोजी गर्ने समय छ । पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कामले यात्राको अवसर दिलाउन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ । अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ । सानो कमजोरीले बाधा पुर्याउनेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । पछिका लागि जोहो गर्नुपर्ने समय छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । बोली–व्यवहारकै भरमा काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन् । आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ । प्रयत्न गर्दा सरसापट भने पाइनेछ । लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । समाजले पदीय दायित्व दिलाउन सक्छ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन् । काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्न सफलता मिल्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार ०८:०८

लोकप्रिय