बाँके प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । प्रशासनको नेतृत्वमा मङ्गलबार नेपालगन्जका विभिन्न मिठाई पसलमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले मङ्गलबार नेपालगन्जका विभिन्न मिठाई पसलहरुको अनुगमन गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार अनुगमनका क्रममा उपभोक्ताको हितविपरीत सञ्चालित केही मिठाई पसललाई नगद जरिवानाका साथै मिठाईको उत्पादनमा समेत रोक्का गरी कारबाही गरिएको छ ।
राम मिष्ठान भण्डारको मिठाई उत्पादन गर्ने कारखाना असाध्यै फोहोर रहेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरिवाना गरिएको र सरसफाइको सुनिश्चितता नहुँदा सम्मका लागि मिठाई कारखानाको उत्पादन रोक्का गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुनासमेत सङ्कलन गरिएको छ ।
त्यसैगरी, श्याम मिष्ठान्न भण्डारले पनि सरसफाइ नगरेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरीवानाका साथै सरसफाइ सुनिश्चितता नहुँदासम्मका लागि मिठाई उत्पादन रोक्का गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । उक्त पसलबाट सडेगलेको तथा बिग्रेको अवस्थामा फेला परेको ५ किलो मिठाई नष्ट गरिएको र बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
मधुवन स्वीट पसलमा पनि सरसफाइ नगरेको तथा बिल बिजक जारी नगरेको पाइएकाले ५ हजार रुपियाँ जरिवानाका साथै सरसफाइ सुनिश्चितता नहुँदासम्मका लागि मिठाई उत्पादन रोक्का गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । उक्त पसलबाट बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी लिटिल हङ्गर एण्ड स्वीट बेकरीबाट म्याद गुज्रेको अवस्थामा रहेको लिक्विड फ्लेवर दुई लिटर र कोकोनट पाउडर एक प्याकेट फेला पारी नष्ट गरिएको र बिक्री गर्न राखिएको मिठाईको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रजिअ लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायको संयुक्त टोलीले दैनिकजसो नेपालगन्जका विभिन्न पसलमा अनुगमन गर्नुका साथै कारबाही गर्दै आएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके