बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।
बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा रहेको बालसुधार गृहका बाल बिज्याईँकर्ताहरुलाई एड्भोकेसी फोरमले विभिन्न सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
एड्भोकेसी फोरमका संयोजक तथा अधिकारकर्मी वसन्त गौतमको संयोजनमा बालसुधार गृहमा रहेका ११५ जना बाल बिज्याईँकर्ताहरुलाई विभिन्न सामग्री वितरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
जाडोबाट बच्नका लागि ओड्ने डबल ब्लयाङ्केट ७५ थान, ओच्छ्याउने पी–फर्म दुई रोल, क्यारेमबोर्ड दुई थान, फुटबल दुई थान, लुडो दुई थान, नेट एक थान, स्किपिङ् तीन र चेस तीन थान प्रजिअ पोखरेलेलमार्फत बालसुधार गृहका बालबन्दीलाई प्रदान गरिएको एड्भोकेसी फोरमका संयोजक वसन्त गौतमले जानकारी दिनुभयो ।
बैजनाथ ३, गाभरस्थित नौबस्तामा रहेको क्षेत्रीय कारागारभित्र रहेको बालसुधार गृहमा विभिन्न जिल्लाका ११५ जना बालबन्दी छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके